आफ्नै छातिमा छुरा प्रहार गरी गम्भीर घाइते भएकी हुप्सेकोटकी महिलाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते ९:५६
आफ्नै छातिमा छुरा प्रहार गरी गम्भीर घाइते भएकी हुप्सेकोटकी महिलाको निधन

हुप्सेकोट । आफ्नै छातीमा आफैले छुरा प्रहार गरेर गम्भीर घाईते भएकी हुप्सेकोटकी महिलाको मृत्यु भएको छ ।

हुप्सेकोट गाउँपालिका वडा नं ३ देउराली निवासी ३९ बर्षीया चिनमाया रानाले घरमा कोही नभएको मौका छोपी आफ्नै कोठामा धारिलो हतियार चक्कु आफ्नै छातीमा प्रहार गरेकी थिईन ।

आफैले प्रहार गरेको छुराबाट गम्भीर घाईते रानालाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याईएको थियो । जिल्ला अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

चिनमाया राना विगत १ बर्षदेखि कलेजोका रोगी रहेको र सोही कारणले आत्महत्याको प्रयास गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । प्रहरीले उनकै कोठाबाट चक्कु समेत बरामद गरेको छ ।

शव पोष्टमाटर्मको तयारी भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ वैशाख २४ गते ९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI