संसद सचिवालयमा गरिएको परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २४ गते १९:५१
संसद सचिवालयमा गरिएको परीक्षणमा १४ सांसदसहित ६५ जनामा कोरोना पुष्टि

काठमाडौं । संघीय संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

स्वाब संकलन गरिएका मध्ये ६ सय १३ जनाको रिपोर्ट आउँदा १४ सांसदसहित संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको संसद सचिवालयले जनाएको छ ।

 

त्यस्तै, बाहिरै स्वाब परीक्षण गराएका केही सांसदहरुमा पनि कोरोना पोजिटिभ देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान भएपछि वैशाख २२,२३ र २४ गते स्वाब संकलन गरिएको थियो ।

कोरोना पोजिटिभ देखिएका सांसदहरुलाई कसरी विश्वासको मतको प्रक्रियामा सहभागी गराउने भन्नेमा संसद सचिवालय अन्योलमा छ ।

प्रकाशित : २०७८ वैशाख २४ गते १९:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI