देवचुलीका थप १ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २५ गते ११:३५
देवचुलीका थप १ जना कोरोना संक्रमितको मृत्यु

देवचुली । देवचुली नगरपालिकामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । देवचुली नगरपालिका वडा नं ९ का ५३ बर्षिय एक पुरुषको गएराती मृत्यु भएको हो । मृत्यु हुने पुरुषमा मुटु रोग साथै सुगरको पनि समस्या रहेको थियो ।

गत बैशाख ६ गते बुधबार उनलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो लगतै बैशाख १५ गते उनलाई कोरोना पुष्टि भएको थियो । उनलाई १७ गते स्वास्थ्यमा समस्या आएपछि भरतपुर अस्पतालबाट पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो । गएराती ११ बजे कोरोनाको कारण उनको मृत्यु भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाका अ.हे.व अधिकृत पिताम्बर भुर्तेलले जानकारी दिनुभएको छ ।

आज नै जिल्लाको गैंडाकोट नगरपालिका का अर्का ९४ वर्षीय पुरुषको भरतपुर अस्पतालमा ज्यान गएको थियो । यो सँगै जिल्लामा कोरोनाको दोस्रो लहरमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

प्रकाशित : २०७८ वैशाख २५ गते ११:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI