नेपाली काङ्ग्रेस देवचुलीले पार्टी कार्यालयलाई आईसोलेसन बनाउन प्रदान गर्ने

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २५ गते १३:१८
नेपाली काङ्ग्रेस देवचुलीले पार्टी कार्यालयलाई आईसोलेसन बनाउन प्रदान गर्ने

देवचुली । नेपाली काङ्ग्रेस देवचुलीले कोरोना संक्रमितको उपचारका लागी आवश्यक आईशोलेसन र क्वारेन्टाइन निर्माणका लागि पार्टी कार्यालयको भवन प्रयोग  लागि प्रदान गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको नेपाली काङ्ग्रेस देवचुलीको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको नगर सचीव नारायण पौडेलले जानकारी दिए । बैठकले नगरमा आवश्यक आइसोलेसन निर्माणको लागि पार्टी कार्यालयको भवन प्रयोग गर्न पनि नगरपालिकालाई आग्रह गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले नगर उपसभापति रबिलाल सापकोटाको संयोजक्त्वमा प्रकोप व्यवस्थापन उपसमिति गठन गरेको पौडेलले बताए । उपसमितिले कोरोना संक्रमितको उपचारमा नगरपालिकाको स्वास्थ्य शाखा सँग आवश्यक समन्वय गर्ने जनाईएको छ ।

प्रकाशित : २०७८ वैशाख २५ गते १३:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI