२४ घण्टामा ४ हजारले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३ लाख नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २६ गते १८:१९
२४ घण्टामा ४ हजारले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौं। पछिल्लो २४ घण्टामा ४ हजार  २२  जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख २ हजार ७ सय ८७ पुगेको छ । कुल कोरोना जित्नेको संख्या ३ लाख नाघेको छ भने कुल संक्रमित हुनेको संख्या ४ लाख नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ८८ मृतक संख्या थपिएको छ तर, यीमध्ये २६ जनाको मृत्यु विभिन्न मितिमा भएको थियो । सो तथ्यांक यसअघि समावेश हुन सकेको थिएन । योसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय २० पुगेको छ ।

हाल सक्रिय सङ्क्रमित सङ्ख्या ८८  हजार १ सय ६० रहेको छ । काठमाडौँमा ३ हजार १ सय ६१, ललितपुरमा ५ सय ३३ र भक्तपुरमा ५ सय ४ जना गरी काठमाडौँ उपत्यकामा मात्रै  चार हजार भन्दा बढप् सङ्क्रमित थपिएका छन् ।

हाल ८ सय ३२ जनाको आइसियु र २ सय ६७ जनाको गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७८ वैशाख २६ गते १८:१९

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI