No ads found for this position

बौदीँकालीमा पुर्ण लकडाउन : सबै सेवाहरु बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २९ गते १३:११
No ads found for this position
बौदीँकालीमा पुर्ण लकडाउन : सबै सेवाहरु बन्द
No ads found for this position

कावासोती । पुर्वी नवलपरासीको बौदीँकालीमा गाउँपालिकामा पुर्ण रुपमा लकडाउन भएको छ । गाउँपालिकामा मंगलबार गाउँपालिका अध्यक्ष सहित २४ जनामा कोरोना संक्रमण देखिए पछि गाउँ कार्यपालिकाको भर्चुअल बैठकले पुर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार वैशाख २९ गते देखि जेठ ४ गते सम्म गाउँपालिका भित्रका सबै सरकरी गैह्रसरकारी कार्यालय , बैङ्क तथा वित्तिय संस्था , लघुवित्त, सहकारी , होटल तथा सबै खाले व्यवसाय पुर्ण रुपमा बन्द रहनेछ्न भने औषधि तथा खाद्यान्न पसल भने जिल्ला प्रसासन कार्यालयको आदेश अनुसार सन्चालन हुनेछ्न ।

मंगलबार मात्रै गाउँपालिकामा २४ जनामा कोरोना संक्रमण देखिको हुँदा लकडाउनको अवधिमा कन्टयाक ट्रेसिङ्गको काम अगाडि बढाईएको र बुधबार कन्टयाक ट्रेसिङ्गमा परेका ८ जनाको एन्टिजेन परिक्षण गर्दा नेगेटिभ आएको सुवेदीले बताए ।

प्रकाशित : २०७८ वैशाख २९ गते १३:११
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI