No ads found for this position

१६ जना श्रीमती १ सय ५१ छोराछोरी, श्रीमतीहरुलाई सन्तुष्ट पार्नु नै फुलटाइम जागिर

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २९ गते १३:२१
No ads found for this position
१६ जना श्रीमती १ सय ५१ छोराछोरी, श्रीमतीहरुलाई सन्तुष्ट पार्नु नै फुलटाइम जागिर
No ads found for this position

अफ्रिकी देश जिम्बाब्बेका एक व्यक्तिको जनसंख्या नियन्त्रण वा परिवार नियोजन जस्ता कुराहरुसँग टाढा टाढासम्म कुनै सम्बन्ध छैन । किनकि यी व्यक्तिले १ सय ५१ छोराछोरी जन्माइसकेका छन् । यी व्यक्तिका १६ वटी श्रमिती छन् र उनी छिटै १७ औं बिहे गर्ने तयारीमा छन् । ६६ वर्षका यी व्यक्तिको १ सय वटी श्रीमती बिहे गर्ने इच्छा छ ।

मिशेक न्यानदोरो नामका यी व्यक्तिले आफूले कुनै काम नगर्ने र श्रीमतीहरुलाई सन्तुष्ट पार्नु नै आफ्नो फुलटाइम जागिर भएको दावी गर्छन् । यी व्यक्तिको दावीअनुसार उनका बुढी श्रीमतीहरु उनको यौन क्षमतासँग बराबरी गर्न सक्दैनन् त्यसैले उनले युवा श्रीमतीहरु बिहे गरिरहनुपर्छ । जिम्बाब्बेको मशोनाल्याण्ड सेन्ट्रल प्रान्तको बायर जिल्लामा बस्ने मिशेकका अनुसार उनी मर्नुभन्दापहिले १ हजार छोराछोरी जन्माउन चाहन्छन् ।

यी व्यक्तिले आफ्नो लागि कार्यतालिका पनि डिजाइन गरेका छन् । कार्यतालिकाअनुसार उनी हरेक रात आफ्ना ४ श्रमितीलाई शारीरिक रुपमा सन्तुष्ट पाछृन् । जिम्बाब्बेको समाचार पत्र द हेराल्डसँग कुरा गर्दै यी व्यक्तिले आफ्नो कुनै जागिर नभएको बताए । १ सय ५० छोराछोरी भएर आफूलाई कुनै दबाब नभएको बरु फाइदा भएको उनी बताउँछन् । छोराछोरीबाट गिफ्ट पाइरहने भएकोले आफूलाई फाइदा भएको उनको भनाइ छ ।

यो परिवारको मुख्य पेसा खेती हो । यसबाहेक उनका ६ जना सन्तान जिम्बाब्बेको सेनामा छन् । २ सन्तान पुलिसमा छन् र अन्य ११ सन्तान फरक फरक क्षेत्रमा जागिर गर्छन् । उनका १३ छोरीहरु बिहे भएर गइसकेका छन् । उनले २०१५ मा पछिल्लो पटक बिहे गरेका थिए । यसपछि केही समयका लागि उनले ब्रेक लिएका थिए किनकि त्यतिबेला जिम्बाब्बेकोअर्थतन्त्र निकै बिग्रिएको थियो ।

अब मिशेकले २०२१ मा फेरि बिहे गर्ने तयारी गरेका छन् । यी व्यक्ति जिम्बाब्बेको स्वतन्त्रताका लागि १९६४ देखि १९७९ सम्म चलेको रोडेसियन बुस वारमा सहभागी भएका थिए । १९८३ मा उनले आफ्नो प्रोजेक्ट सुरु गरेका थिए । जिम्बाब्बेलाई भएको ठूलो जनधनको क्षतिपछि उनले आफ्नो देशको जनसंख्या बढाउन सहयोग गर्ने निर्णय गरेका थिए ।

प्रकाशित : २०७८ वैशाख २९ गते १३:२१
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI