गण्डकीका विपक्षी दलको आरोप : प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गर्नुभयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख २९ गते २२:०८
गण्डकीका विपक्षी दलको आरोप : प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गर्नुभयो

पोखरा । नयाँ सरकार बनाउन सक्रिय विपक्षी दलहरूले पुनः मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरेपछि प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गरेको आरोप लगाएका छन् । मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएपछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले, “बहुमत प्रदेशसभा बैठकमा देखाइने” भन्दै निस्किएका थिए ।

तर, त्यसको केहीबेरमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६३(२) अनुसार बहुमतको सरकार बन्न नसकेको भन्दै उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा पुनः एमालेका पृथ्वीसुब्बा गुरुङलाई मुख्यमन्त्री नियुक्त गरिन् ।

प्रदेश प्रमुखको उक्त कदमप्रति विपक्षी कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका नेताहरूले संयुक्त विज्ञप्तीमार्फत विरोध गरेका हुन् ।

कृष्णचन्द्र नेपाली, हरिबहादुर चुमान, पियारी थापा र धनमाया पोखरेल लामाले हस्ताक्षर गरेको विज्ञप्तीमा प्रस्तावकको कागजात अपुग भए माग्नुको सट्टा प्रदेश प्रमुखले संविधानको धारा नै बाइपास गरेको उल्लेख गरेका छन् ।

यस्तो छ विज्ञप्ति :

प्रकाशित : २०७८ वैशाख २९ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI