हुप्सेकोटमा २७ जना सक्रिय संक्रमित: १५ शैय्याको अक्सिजन सहितको आईसोलेशन तयार

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३० गते १०:१५
हुप्सेकोटमा २७ जना सक्रिय संक्रमित: १५ शैय्याको अक्सिजन सहितको आईसोलेशन तयार

कावासोती । नयाँ भेरिएन्ट सहितको कोरोनाको लहर फैलिए पछि पुर्वी नवलपरासीको हुप्सेकोटमा सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।

२७ जना सक्रिय संक्रमित मध्य एकजना मध्यबिन्दु अस्पताल र अर्को एकजना चितवन मेडिकल कलेजमा उपचाररत रहेको र २५ जना होमआईसोलेसनमा रहि स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटाले नवलपुर टाईम्सलाई बताए । सापकोटाका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

नयाँ भेरिएन्ट सहितको कोरोनाको लहर फैलिए सँगै हाल सम्म ४० जनामा कोरोना संक्रमण देखिएकोमा १३ जना संक्रमण मुक्त भएको सापकोटाले बताए । सापकोटाका अनुसार १ जना अस्पतालको उपचारबाट निको भएका र बाकी १२ जनाले होम आईसोलेसन बाट १४ दिनको अवधि पुरा गरेका हुन ।

कोरोनाको नयाँ भेरिएन्ट सहितको दोस्रो लहर फैलिए सँगै गाउँपालिकाले आवश्यक पुर्ब तयारी गरेको सापकोटाले बताए । सापकोटाका अनुसार गाउँपालिकामा १५ बेडको अक्सिजन सहितको आईसोलेशन तयार रहेको र कन्टयाक ट्रेसिङ्गमा परेकाको निरन्तर स्वाब संकलनको काम अगाडी बढाईएको छ । त्यसै गरि गाउँपालिका भित्रका सामुदायिक वनका भवनहरुमा समेत आईसोलेशन बनाउने तयारी अगाडी बढाईएको र होम आईसोलेशनमा बसेकाको घरमा स्वास्थ्यकर्मिहरुबाट नियमित सम्पर्क र अनुगमन भैरहेको सापकोटाले बताए ।

गाउँपालिकामा निषेधाज्ञामा कडाई गरिएको र प्रहरीको सहयोगमा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिईएको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवि पाण्डेले बताईन । गाउँपालिकामा संक्रमण कम गर्न र संक्रमितको उपचारमा कुनै पनि प्रकारको कमि हुन नदिने गरेर आफुहरु लागिपरेको पाण्डेको भनाई थियो ।

गाउँपालिकामा कोरोनाको पहिलो लहरमा १०९ जना संक्रमित भएकोमा १ जनाको मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ वैशाख ३० गते १०:१५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI