८ हजार ९६० जना नयाँ कोरोना संक्रमित थपिए, २१४ को मृत्यु,५ हजार ५५ डिस्चार्ज

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३० गते १७:५७
८ हजार ९६० जना नयाँ कोरोना संक्रमित थपिए, २१४ को मृत्यु,५ हजार ५५ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर २० हजार २४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

१९ हजार ४७४ जनाको आरटी–पीसीआर परीक्षण र ७ सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार ९६० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ५५ संक्रमित निको भए, २ सय १४ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५ हजार ५५ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ हजार ५५ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ४ सय ९७ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार २४५ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २७ लाख १२ हजार ५६२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २ सय १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

प्रकाशित : २०७८ वैशाख ३० गते १७:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI