हुप्सेकोट गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १ गते ७:५९
हुप्सेकोट गाउँपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द हुने भएका छ्न ।

कोरोनाको दोस्रो लहरको जोखिम बढेको र गाउँपालिका भित्रै संक्रमण बढेको भन्दै गाउँपालिकाको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले गाउँपालिका कार्यालय तथा सम्पुर्ण वडा कार्यालयहरुमा स्वास्थ्य बाहेकका सम्पुर्ण सेवाहरु जेठ ७ गते सम्म बन्द गर्ने निर्णय गरेको हो ।

त्यस्तै समितिको बैठकले अत्यावश्यक बाहेकको अवस्थामा बाहेक हिडडुल गर्न समेत पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ।

हुप्सेकोट गाउपालिका भित्र सञ्चालित गौरवका आयोजनाहरु नेपाल सरकारवाट जारी स्वास्थ्य मापदण्ड र हुप्सेकोट स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयअनुसारको शर्तहरुमा आवश्यक सुरक्षा सहित सञ्चालन गर्न सकिने जनाइएको छ ।

प्रकाशित : २०७८ जेठ १ गते ७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI