नवलपुर कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ८१ जना संक्रमण मुक्त, १२० जनामा संक्रमण २ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १ गते १७:२५
नवलपुर कोरोना अपडेट : पछिल्लो २४ घण्टामा ८१ जना संक्रमण मुक्त, १२० जनामा संक्रमण २ जनाको मृत्यु

कावासोती । पछिल्लो २४ घण्टामा नवलपुरमा ८१ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छ्न ।

स्वास्थ्य कार्यालय नवलपुरका  अनुसार गैडाकोटका २९ जना , कावासोतीका ३८ जना, मध्यविन्दुका ५ जना , विनयी त्रिवेणिका ७ जना, हुप्सेकोटका १ जना र जिल्ला बाहिरका १ गरि ८१ जना संक्रमण मुक्त भएका स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

त्यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा जिल्लामा १२० जना संक्रमित थपिएका छ्न । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार जिल्लाको गैंडाकोटमा २४ जना , देवचुलीमा १३ जना , कावासोतीमा ५९ जना , मध्यविन्दुमा ११ जना, विनयीत्रिबेणीमा ४ जना , हुप्सेकोटमा ७ र अन्य २ जना गरि १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यो सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ११२३पुगेको छ भने पछिल्लो २४ घन्टामा २ जनाले ज्यान गुमाएका छ्न ।

 

प्रकाशित : २०७८ जेठ १ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI