नयाँ कामले मकरलाई नाम र दाम दिलाउने, यस्तो हुनेछ समग्रमा आइतबारको दिन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २ गते ८:१२
नयाँ कामले मकरलाई नाम र दाम दिलाउने, यस्तो हुनेछ समग्रमा आइतबारको दिन

आजको पञ्चाङ्ग

आज मिति २०७८ ज्येष्ठ २ गते आइतबार, इस्वीसंवत मे १६ तारिख सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज वैशाखशुक्लपक्षको चतुर्थी तिथि रहनेछ । आज आद्रा, विष्कुम्भादि योगमा शूल, करणमा बब, आनन्दादि योगमा ध्वांक्ष रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । आज दिनमान ३३ घटि ४२ पला अर्थात १३ घण्टा ३१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १६ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४५ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः 
मेष राशि भएकाहरूका आज समय शुभ छ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । साझेदारीबाट पनि लाभ मिल्नेछ । पारिवारिक आवश्यकता पूर्ति होला । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगबाट विशेष लाभ मिल्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । अनायासै शरीर कमजोर बन्नाले चिताएको काममा जुट्न नसकिएला । साथ दिनेहरू नहुँदा दुःख पाइनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । सामान्य काममा धन र श्रम खर्च हुनेछ । आफ्नो गोपनीयता भंग हुनाले समस्यामा परिनेछ । सहयोगीहरू पछि हट्नेछन् भने कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । स्वास्थ्यका लागि व्यायाम र आहारविहारमा ध्यान पुर्याउनुहोला ।

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि आज समय अत्यन्तै शुभ छ । केही चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईश्र्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त गर्न सकिनेछ ।

कर्कटः आज कर्कट राशिका लागि आज समय खराब रहनेछ । कामको गति सुस्त हुनाले प्रतिफल पनि प्रभावित हुनेछ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्ला । अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । अध्ययनका लागि आजको दिन त्यति उपलब्धिमूलक नभए पनि व्यावसायिक कर्मले गति लिनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । प्रतिफल हातपार्न केही समय लाग्नेछ ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । दिन निकै रमाइलो र उत्साहवर्धक रहनेछ । परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । नयाँ परिवेशमा पुगिए पनि नयाँ साथीभाइ भेटिनेछन् । प्रेमको बन्धन कसिनेछ । कामको सन्दर्भमा रमाइलो यात्राको अवसर प्राप्त हुन सक्छ । साथीभाइ र सहयोगीहरूले साथ दिनेछन् । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय सामान्य छ । अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ । बेसुरमा बोल्ने बानीले गोपनीयता भंग हुन सक्छ । विशेष योजना तत्काल सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउनेछ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

तुलाः तुला राशि भएकाहरूका लागि आज समय खराब छ । बोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा आघात पुग्ने सम्भावना छ । विचार सम्प्रेषण गर्नुअघि राम्ररी विचार पुर्याउनुहोला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला । फजुल खर्चले चिन्ता बढाउन सक्छ । काममा केही पछि परिने समय छ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज पनि समय शुभ छैन । घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउनेछ । काममा केही विलम्ब हुन सक्छ । आफ्नैबाट टाढिनुपर्ने परिस्थिति पनि आउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वास गर्दा धोका होला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण वा यात्रा सम्भावना छ । अवसरका लागि गरिएको प्रयत्न व्यर्थ हुन सक्छ, सजग रहनुहोला ।

धनुः धनु राशिका लागि आज समय समय शुभ छ । हाल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ । दिगो फाइदा हुने योजना बन्न सक्छ । आफूलाई लाभ नभए पनि सानो प्रयत्न गर्दा सामाजिक काम बन्नेछ । अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज राम्रो रहनेछ । नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतिीक्षत नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउने छन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि आज स्वास्थ्य भरपर्दो नरहला । खाने पिउने मामलामा ज्यादै ख्याल गर्नु होला । पेट गड्बडीको सम्भावना बलियो छ । तपाईंका शत्रु जुनसुकै प्रकारले काम बिगारिदिने प्रयासमा छन् । आज खर्च गरेका, लगानी गरेका कामको भविष्य राम्रो छैन । काम शुरु नगर्नु नै बेस । खानपानमा विशेष सतर्क हुनुहोला ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । आफन्त व्यक्तिसँगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया“ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।

साइतः आज चन्द्रमा मिथुन राशिमा छन् । त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

प्रकाशित : २०७८ जेठ २ गते ८:१२
Copyright © 22 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI