मध्यविन्दुमा होमआईशोलेसनमा बसेकी महिलाको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २ गते ८:३३
मध्यविन्दुमा होमआईशोलेसनमा बसेकी महिलाको निधन

कावासोती । नवलपुरमा कोरोना संक्रमण भएर होम आसोलेसनमा बसेकि एक बृद्धाको आज मृत्यु भएको छ ।मध्यविन्दु नगरपालिका वडा नं. १० कि ८२ वर्षीया बृद्धाको आज विहान २ः३० वजे मृत्यु भएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

बैशाख ३१ ग्ते मध्यविन्दु जिल्ला अस्पतालमा गरिएको परिक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य मापदण्ड पुरा गर्दै उनको आजै परिवारले नै दाहसंस्कार गर्ने तयारी गरेका छन

प्रकाशित : २०७८ जेठ २ गते ८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI