No ads found for this position

कोभिड-१९ अनुगमन समिति नवलपुरद्वारा जिल्ला अस्पताललाई २५ थान सिलिन्डर हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २ गते १०:१७
No ads found for this position
कोभिड-१९ अनुगमन समिति नवलपुरद्वारा जिल्ला अस्पताललाई २५ थान सिलिन्डर हस्तान्तरण
No ads found for this position

कोभिड-१९ अनुगमन समितिको संयोजनमा रिफिल गरिएको २५ थान अक्सिजन सिलिन्डर मध्यविन्दु जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपाली काङ्ग्रेसले बनाएको कोभिड-१९ अनुगमन समितिको संयोजन र सांसदद्वय देवेन्द्रराज कंडेल र विनोद चौधरीको पहलमा भैरहवाबाट रिफिल गरेर ल्याईएको २५ अक्सिजन सिलिन्डर मध्य १५ वटा मध्यविन्दु जिल्ला अस्पताललाई र १० थान विपत व्यवस्थापन सहयोग समितिलाई बुझाईएको कोभिड-१९ अनुगमन समितिका संयोजक सुरज गुरुङले बताए । नेपाली काङ्ग्रेस नवलपुरका सभापति एवं प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछानेले अक्सिजन सिलिन्डरहरु अस्पताललाई हस्तान्तरण गर्नु भएको थियो । काङ्ग्रेस नेता महेन्द्र पोख्रेल , कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठ लगाएतको उपस्थितिमा अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको थियो ।

अस्पतालबाट खाली सिलिन्डर भैरहवा लगेर रिफिल गरेर ल्याईएको र थप सिलिन्डरहरु ल्याउने प्रयास भैरहेको गुरुङले बताए ।

प्रकाशित : २०७८ जेठ २ गते १०:१७
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI