प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा ४ वटा रिट दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३ गते १३:४९
प्रधानमन्त्रीको शपथ बदर गर्न माग गर्दै सर्वोच्चमा ४ वटा रिट दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष लिएको पद तथा गोपनीयताको शपथविरूद्ध ४ वटा रिट निवेदन परेका छन् । उक्त शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा ४ वटा रिट निवेदन दर्ता भएका हुन् ।

 

प्रधानमन्त्री ओलीले लिएको शपथ असंवैधानिक भएको भन्दै आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्ता गराउनु भएको थियाे । साेमबार अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराउनुभएकाे हाे ।

ती रिटमा प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको भन्दा फरक परेको भन्दै बदर गराउन माग गरिएकाे छ । साथै प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गरेर मात्र कामकाज गर्नका लागि अदालतद्वारा आदेश जारी गर्न माग गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीले शपथ ग्रहणका क्रममा राष्ट्रपति भण्डारीले भनेका केही वाक्य उच्चारण गर्न इन्कार  गर्नुभएको थियो । त्यसक्रममा ओलीले ‘त्यो पर्दैन’ भनेर राष्ट्रपतिलाई जवाफ दिनुभएको थियो ।

प्रकाशित : २०७८ जेठ ३ गते १३:४९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI