कावासोतीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ४ गते ९:१८
कावासोतीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

कावासोती । नवलपुरको कावसोतीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कावासोती नगरपालिका वडा नं २ का ६८ वर्षीय पुरुषको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । गत वैशाख वैशाख ३१ अस्पताल भएका उनमा मधुमेह, निमोनिय र मृगौला सम्बन्धि रोग पनि रहेकोमा जेठ २ गते कोरोना संक्रमण देखिएको थियो ।

त्यस्तै कावासोती-१६ कि ८२ वर्षीय महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको छ । गत वैशाख २८ गते कोरोना संक्रमण भए पछि जेठ १ गते मध्यविन्दु जिल्ला अस्पताल भर्ना गरिएको उनमा दिर्घ रोग मस्तिष्क सम्बन्धि समस्या र शारीरिक अशक्तता पनि रहेको थियो।

यो सँगै कोरोनाको दोस्रो लहरमा जिल्लामा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।

प्रकाशित : २०७८ जेठ ४ गते ९:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI