चौधरी उद्योग ग्रामद्वारा थप ४० थान रिफिल गरिएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासनलाई हस्तान्तरण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते १४:२६
चौधरी उद्योग ग्रामद्वारा थप ४० थान रिफिल गरिएको अक्सिजन सिलिन्डर जिल्ला प्रशासनलाई  हस्तान्तरण

नवलपुर , जेठ ५ । चौधरी उद्योग ग्रामले बुधबार ४० वटा अक्सिजन सिलिन्डर रिफिल गरि  जिल्ला प्रहरी कार्यालय नवलपुर मार्फत जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको छ ।

सरकारको एक द्वार प्रणाली मार्फत सहयोग गर्ने निति अनुसार  अक्सिजन वितरणमा समस्या नहोस् भन्दै जिल्ला प्रहरी कार्यालय  मार्फत  जिल्ला  प्रशासन कार्यालयलाई बिहिबार  सिलिन्डर हस्तान्तरण गरिएको  चौधरी उद्योग ग्रामले जनाएको छ । कोरोना महामारीमा जिल्लामा अक्सिजन अभाव हुन नदिन जिल्ला अस्पताल तथा नगर अस्पतालको लागि भनेर अक्सिजन सिलिन्डर रिफिल  हस्तान्तरण गरिएको हो ।

यस अघि चौधरी उद्योग ग्रामले ६५ वटा अक्सिजन सिलिन्डर रिफिल गरि  जिल्लामा हस्तान्तरण गरि सकेको छ।

प्रकाशित : २०७८ जेठ ५ गते १४:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI