कावासोती-३का वडा अध्यक्ष श्रेष्ठद्वारा १५ थान रिफिल गरेको अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते १४:४८
कावासोती-३का वडा अध्यक्ष श्रेष्ठद्वारा १५ थान रिफिल गरेको अक्सिजन सिलिन्डर  जिल्ला अस्पताललाई सहयोग

कावासोती । कावासोती-३ का वडा अध्यक्ष अमृतकुमार श्रेष्ठले रिफिल गरिएको १५ थान अक्सिजन सिलिन्डर मध्यविन्दु जिल्ला अस्पताललाई सहयोग गरेका छ्न ।

बुधबार वडा अध्यक्ष श्रेष्ठले आफ्नै व्यक्तिगत खर्चमा मध्यविन्दु जिल्ला अस्पताललाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन ।

अक्सिजनको अभाव भएको समयमा अक्सिजन रिफल गर्न सहयोग पुर्‍याएको भन्दै वडा अध्यक्ष श्रेष्ठले कोभिड-१९ अनुगमन समिती नवलपुरका अध्यक्ष सुरज गुरुङ र उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अमृत भट्टचनलाई धन्यवाद ज्ञापन गरेका छ्न ।

प्रकाशित : २०७८ जेठ ५ गते १४:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI