नवलपुर अपडेट : ९६ जना निको हुँदा १ सय १९ जनामा संक्रमण, ५ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते १८:३०
नवलपुर अपडेट : ९६ जना निको हुँदा १ सय १९ जनामा संक्रमण, ५ जनाको मृत्यु

कावासोति । नवलपुरमा पछिल्लो २४ घण्टामा ९६ जना संक्रमित निको भएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार होम आइसोलशेनमा रहेका ९६ जना निको भएका हुन् ।

कोभिडको दोस्रो लहर शुरु भए यता नवलुरमा १ हजार ९ सय ३८ जना संक्रमित भएकाहरु मध्ये बुधबारसम्म ७ सय ९३ जना निको भएका छन् ।

त्यसैगरी बुधबार १ सय १९ जना नयाँ संक्रमित थपिएका छन् ।

नवलपुरमा बुधबार गैडाकोटमा २३ जना, देवचुलीमा २६ जना, कावासोतीमा २९ जना, मध्यविन्दुमा १५ जना, विनयी त्रिवेणीमा १२ जना, हुप्सेकोटमा १३ जना र जिल्ला बाहिरका १ सहित ११९ जनामा संक्रमण भएको हो ।

योसहित नवलपुरमा सक्रिय संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको छ ।

त्यसैगरी बुधबार नवलपुरमा ५ जना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

 

 

प्रकाशित : २०७८ जेठ ५ गते १८:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI