No ads found for this position

पश्चिम नवलपरासीको गोली काण्डको छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ५ गते २१:३५
No ads found for this position
पश्चिम नवलपरासीको गोली काण्डको छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन
No ads found for this position

हरि शर्मा/परासी । सशस्त्र प्रहरीको गोली लागेर पश्चिम नवलपरासीमा एक युवकको मृत्यु भएको विषयमा छानविन गर्न गृहमन्त्रालयले छानविन समिति गठन गरेको छ ।

बुधबार बसेको गृहमन्त्री स्तरीय निर्णयले गृहमन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो ।

छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।

समितिले बिहीबारदेखि काम थालेर ७ दिन भित्र रायसहितको प्रतिवेदन बुझाउने छ । समितिलाई जिल्ला स्तरबाट सत्य तथ्य र निष्पक्ष छानविनका लागि पूर्ण सहयोग रहने प्रमुख जिल्ला अधिकारी मिश्रले जानकारी दिए ।

पश्चिम नवलपरासीको सीमावर्ती नाकाबाट भारत जाने खोज्दा प्रतापपुरका स्थानीय र शसस्त्र प्रहरीबीच बुधबार झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभरको शसस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो । उनको उपचारको क्रममा बुटवल सिटी अस्पतालमा मृत्यु भएको थियो ।

प्रकाशित : २०७८ जेठ ५ गते २१:३५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI