नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गयो

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ६ गते १४:०९
नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गयो

कावासोती । नवलपुरमा थप १ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं ४ का ८६ वर्षीय पुरुषको बिहिबार बिहान भरतपुर अस्पतालमा ज्यान गएको भरतपुर अस्पतालले जनाएको छ ।

गत वैशाख वैशाख २६ गते कोरोना संक्रमण देखिए पछि उनलाई वैशाख ३१ गते अस्पताल भर्ना गरिएको र उपचारको क्रममा ज्यान गएको अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७८ जेठ ६ गते १४:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI