‘महामारीका बेला देश दुर्घटनातर्फ धकेल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन्’ – पूर्वराजा शाह

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ८ गते १३:३०
‘महामारीका बेला देश दुर्घटनातर्फ धकेल्नेहरूलाई जनताले क्षमा गर्ने छैनन्’ – पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनले देश दुर्घटनातर्फ गएकाे उनकाे टिप्पणी छ ।

जनताको स्वास्थ्य समस्यालाई थाती राखेर महामारीको यस्तो बेलामा पनि सत्ता र शक्तिको भरमा देशलाई दुर्घटनातर्फ धकेलेको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भीर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिल्यै क्षमा गर्ने छैनन् ।’

प्रकाशित : २०७८ जेठ ८ गते १३:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI