नवलपुर अपडेट : १२९ जनामा कोरोना संक्रमण , ६७ जना संक्रमण मुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ८ गते १८:५९
नवलपुर अपडेट : १२९ जनामा कोरोना संक्रमण , ६७ जना संक्रमण मुक्त

कावासोती ।  नवलपुरमा पछिल्लो २४ घण्टामा  १ सय २९ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

शनिबार  गैंडाकोटमा १९ जना, देवचुलीमा १५ जना, कावासोतीमा ४५ जना , मध्यविन्दुमा २४ जना, विनयी त्रिबेणीमा १५ जना, हुप्सेकोटमा ३ जना, बौदिकालीमा ५ जना, र अन्य ३ जना गरि १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको  स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ६७ जना संक्रमित कोरोना मुक्त भएका छ्न ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार  गैंडाकोटका ८ जना, देवचुलीका ११ जना, कावासोतीका २८ जना, मध्यबिन्दुका ५ जना, विनयी त्रिवेणीका १२ जना र अन्य ३ जना गरी ६७ जना कोरोना संक्रमण मुक्त भएका हुन ।

  त्यसै गरि पछिल्लो २४ घण्टामा जिल्लामा  कोरोना संक्रमणबाट १ जनाको मृत्यु भए  सँगै जिल्लामा मृत्यु हुनेको  संख्या ६५ पुगेको छ ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिए सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ६० पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ   ।

प्रकाशित : २०७८ जेठ ८ गते १८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI