No ads found for this position

दाम्पत्य जीवन कन्याको सुखद र समृद्ध हुँदा यस्तो हुनेछ समग्रमा आइतबार

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ९ गते ७:२५
No ads found for this position
दाम्पत्य जीवन कन्याको सुखद र समृद्ध हुँदा यस्तो हुनेछ समग्रमा आइतबार
No ads found for this position

आजको पञ्चाङ्ग

आज मिति २०७८ ज्येष्ठ ९ गते आइतबार, इस्वीसंवत मे २३ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४१, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज वैशाखशुक्लपक्षको द्धादशी तिथि रहनेछ । आज हस्ता, विष्कुम्भादि योगमा सिद्धि, करणमा बब, आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य वृष राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । आज दिनमान ३४ घटि ० पला अर्थात १३ घण्टा ३९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ बजेर १३ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ५० मिनेटमा हुनेछ ।

आजको राशिफल


मेषः
 मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ छ उपयोग गर्नुहोला । आज शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि ॐ कुलदेवताभ्यो नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृषः वृष राशि भएकाहरूका लागि आज समय खराब छ । ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । शरीरमा स्फूर्ति र उमङ्ग कमी हुनेछ । सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुपर्छ । टाढाको यात्रा फलदायी हुँदैन । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुनः मिथुन राशि भएकाहरूका लागि आज समय शुभ छैन । मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनुहोला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुनेछ । अरुको हीतका लागि गरिएको कामबाट लाभ लिन सकिने छैन, राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ सूर्यसुताय शनये नमः मन्त्र कम्तिमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशिका लागि आज भने समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । विगतको श्रमबाट राम्रै लाभ हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ धर्मराजाय नमः मन्त्र कम्तिमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंहः सिंह राशि भएकाहरुका लागि आज समय राम्रो छैन । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । सवारी साधन हाँक्दा अपनाएको सचेतताका कारण चोटपटकबाट जोगिनु हुनेछ । गर्नै पर्ने व्यवहारिक काममा लामो यात्राको सम्भावना छ । कडा मिहिनेत र लगशीलतापछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । दीर्घकालिक योजना कार्यान्वयन गर्न वा दूरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्रो हुन्छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ मृत्युञ्जयाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मीठो भोजनको प्राप्ति हुनेछ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ कामदेवाय नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुलाः तुला राशि भएकाहरूका लागि आज भने समय राम्रो छैन । आज द्धितीय भावमा कमजोर चन्द्रमा रहेकाले जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्व लिएर काम गरेको जाति हुन्छ । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र बन्दव्यापारबाट आम्दानी पनि कम हुनेछ । साथीभाइ, इष्टमित्र वा घरपरिवार भित्रै झैझगडा र विवादको वातावरण सिर्जना हुनेछ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ कार्यविनायकाय महागणाधिपतये नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज समय राम्रो छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । मनमा बसाइ सर्ने, सरुवा हुने, स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको धारणा पलाउन सक्छ । नयाँ काममा हात हाल्ने समय छ । आज कुनै शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ सिद्धिलक्ष्म्यै नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनुः धनु राशिका लागि आज पनि समय मध्यम खालको रहनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो दिन छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । रमाइलो यात्राको सम्भावना पनि छ । त्यस्वास्थ्य सबल रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि आज ॐ धन्वन्तरीदेवाय नमः मन्त्र कम्तिमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकरः मकर राशि भएकाहरूका लागि आज पनि समय भरपर्दोे रहने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । अरुले दिएका खानेकुरा नखानुहोला । बोल्दा निकै विचार पुर्याउनुहोला । परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ । साथीसंगको भेटघाट रमाइलो हुनेछ तर झगडा पनि हुन सक्छ, सतर्क हुनुहोला । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ वाग्देव्यै नमः मन्त्र कम्तिमा ७ पटक जप गरी आरम्भ गर्दा शुभ हुनेछ ।

कुम्भः कुम्भ राशिका लागि आज भने समय राम्रा छैनन् । मानसिक तनावबाट मुक्त हुन कठिन छ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । पाहुनाको रुपमा आज कसैकहाँ जानु ठीक छैन । गरेको काम बिग्रने संभावना बलियो छ । जताबाट पनि खर्चमात्रै ज्यादा हुने सम्भावना रहेको हुनाले सतर्क हुनैपर्छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अष्टमातृकाभ्यो नमः मन्त्र कम्तिमा ११ पटक जप गरी आरम्भ गर्दा राम्रो हुनेछ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय र स्वास्थ्य राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ । व्यवसायिक क्षेत्र लाभप्रद रहने छ । आज शुभकर्म गर्नु वा यात्रामा जानु अघि ॐ अं अङ्गारकाय नमः मन्त्र कम्तिमा १० पटक जप गरी आरम्भ गर्नुहोला ।

साइतः आज चन्द्रमा कन्या राशिमा छन् । त्यसैले पूर्व र दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ५ः११ बजेदेखि         ६ः५४ बजेसम्म         उद्धेग बेला
बिहान ६ः५४ बजेदेखि         ८ः३६ बजेसम्म         चर बेला
बिहान ८ः३६ बजेदेखि         १०ः१८ बजेसम्म       लाभ बेला
बिहान १०ः१८ बजेदेखि        १२ः०० बजेसम्म       अमृत बेला
बिहान १२ः०० बजेदेखि        १ः४२ बजेसम्म        काल बेला
दिनमा १ः४२ बजेदेखि         ३ः२४ बजेसम्म         शुभ बेला
दिनमा ३ः२४ बजेदेखि         ५ः०६ बजेसम्म        रोग बेला
दिउँसो ५ः०६ बजेदेखि        ६ः४९ बजेसम्म         उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

प्रकाशित : २०७८ जेठ ९ गते ७:२५
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI