आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ११ गते ७:४०
आजदेखि निषेधाज्ञा उल्लङ्घन गरे एक वर्ष कैद

जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

मङ्गलबारदेखि निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारीसाधनलाई कारबाही गरिने भएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना नभएमा नगद जरिवाना तथा   कैद सजाय दुवै हुन सक्ने बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित : २०७८ जेठ ११ गते ७:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI