कावासोतीका युवाहरु स्वास्थ्य सामाग्री सहित संक्रमितको घरघरमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ११ गते २०:४०
कावासोतीका युवाहरु स्वास्थ्य सामाग्री सहित संक्रमितको घरघरमा

कावासोती । कावासोतीका युवा अभियन्ताहरुको समुह स्वास्थ्य सामाग्री सहित संक्रमितको घर घरमा पुगेका छ्न ।

अभियान अन्तर्गत मंगलबार कावासोती नगरपालिका वडा न ३ मा रहेका ४० जना सक्रिय संक्रमितहरुको घरमै पुगेर बाफ लिने मेसिन,थर्मोमिटर र सन्चो हस्तान्तरण गरिएको अभियन्ता विनोद भट्टराईले बताए ।

कावसोती-३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठ सहितको टोलिले पहिलो दिन ४० जनालाई हस्तान्तरण गरिएको बताउदै भट्टराईले अन्य सक्रिय संक्रमितको घरमा आफुहरु स्वास्थ्य सामाग्री सहित पुग्ने बताए ।

कावासोती ब्वाईज र महाअभियान हरेक दिन एक मुठी दान सामाजिक अभियानको सहकार्यमा मंगलबार बा नगरपालिकाका भित्र रहेका कोरोना संक्रमितहरुलाइ स्वास्थ सामाग्री हस्तान्तरण गर्ने अभियान सुरु गरिएको हो ।

हस्तान्तरण  कार्यक्रममा अभियान्ताहरु किरण भुर्तेल , बेट्टु रानाभाट ,ओमकार घिमिरे, सुमन भण्डारि ज्योती लाइफ इन्स्योरेन्सका शाखा प्रबन्धक गगन न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित : २०७८ जेठ ११ गते २०:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI