ईन्टरनेशन लायन्स क्लव ३२५ वि–२ द्वारा मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ११ गते २०:५६
ईन्टरनेशन लायन्स क्लव ३२५ वि–२ द्वारा मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

 नवलपुर । ईन्टरनेशन लायन्स क्लव ३२५ वि–२ ले आज मध्यविन्दु जिल्ला अस्पताललाई ३ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ ।

मानविय सेवा अन्तगरत केही दिन पहिला चितवनको भरतपुर अस्पतालमा ३ थान र क्यान्सर अस्पतालमा १ अक्सिजन कन्सटेर्टर हस्तान्तरण गरेको थियो ।

चितवन र नवलपुर जिल्लामा रहेका करिव १०० भन्दा बढि क्लवका सदस्यहरुबाट संकलन गरिएको सहयोग रकमबाट मेसिन खरिद गरी प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमार्फत् हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा ईन्टरनेशन लायन्स क्लव ३२५ वि–२ का डिष्ट्रीक कमिस्नार रामप्रसाद भट्टले मानवीय सेवाप्रति उत्तरदायित्व वहन गर्दै मध्यविन्दु जिल्ला अस्पताललाइ ३ थान कन्सन्ट्रेटर हस्तान्तरण गरिएको बताउनुभयो । उहाले लायन्स क्लवले सामाजिक दायित्वका सवालमा र विपतका बेलामा सदैव हातेमालो गर्ने बताउनुभयो ।

हस्तान्तरण कार्यक्रममा कावासोती नगरपालिका नगरप्रमुख चन्द कुमारी पुन, सहायक जिल्ला अधिकारी मोहनबहादुर थापा, मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख वीरबहादुर थापा, नवलपुरमा रहेका लायन्स क्लवका अध्यक्ष एवम् पदाधिकारी, लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७८ जेठ ११ गते २०:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI