एन्टिजेन परीक्षण गर्दा बौदींकालीमा ५९ जनामा कोरोना संक्रमण

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते ११:२२
एन्टिजेन परीक्षण गर्दा बौदींकालीमा ५९ जनामा कोरोना संक्रमण

कावासोती । नवलपुरको बौदीकालीमा थप ५९ जनामा कोरोना भाईरस(कोभिड१९) संक्रमण पुष्टि भएको छ । बौदीकाली गाउँपालिका वडा नं. ५ र ६का ५९ जनामा संक्रमण भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

वडा नं. ५ र ६का विभिन्न टोलमा गरिएको एन्टिजिन परिक्षणमा ५९ जनामा संक्रमण देखिएको बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. ५ का ७ जना र वडा नं. ६ का ५२ जना संक्रमित देखिएका छन् ।

कार्यालयका अनुसार वडा नं. ५ का ५ जना पुरुष र २ जना महिला तथा वडा नं. ६ का २८ जना पुरुष र २४ जना महिलामा संक्रमण देखिएको  छ । कोभिडको दोस्रो लहर सुरु भएयता बौदीकालीमा संक्रमित हुनेहरुको संख्या १०४ पुगेको छ । संक्रमण भएका ८१ जना होम आईसोलेसनमा रहेका छन भने २३ जना संक्रमणमुक्त भएका छन ।

प्रकाशित : २०७८ जेठ १२ गते ११:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI