कोभिडविरुद्ध खोप लगाउने पहिलो पुरुषको निधन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते १४:१८
कोभिडविरुद्ध खोप लगाउने पहिलो पुरुषको निधन

लन्डन : विश्वमै कोभिड-१९ विरुद्ध खोप लगाउने पहिलो व्यक्तिको निधन भएको छ । बेलायतका ८१ वर्षे विलियम सेक्सपियरको निधन भएको हो । बेलायती सञ्‍चारमाध्यमहरूको अनुसार सेक्सपियरको कोभिडसँग असम्बन्धित बिमारीका कारण निधन भएको हाे ।

गत वर्ष डिसेम्बर ८ मा युनिभर्सिटी हस्पिटल कन्भेन्ट्री एन्ड वार्विक्सायरमा उनले खोप लगाएका थिए । ९१ वर्षिय महिला मार्गारेट किननपछि उनले  पहिलो फाइजर बायोटेक खोप लगाएका थिए ।

बील सेक्सपियरका नामले पनि चिनिने उनी कुशल फोटोग्राफर थिए । बिबिसी रिपोर्टअनुसार उनकी पत्नी जोय. दुई छोरा र नाती नातिना छन् ।

प्रकाशित : २०७८ जेठ १२ गते १४:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI