भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १२ गते १८:५३
भारतीय ट्रकको ठक्करबाट  एक जनाको मृत्यु

कावासोती । भारतीय ट्रकको ठक्करबाट पूर्वि नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।विनयी त्रिवेणी गाउँपालिका वडा नं. ७ ब्यारेजपुल नजिकै यूपी ६० एटी २७७७ नम्बरको ट्रकको ठक्करबाट स्थानीय ३५ वर्षका दशरथ गुप्ताको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भिर घाईते भएका गुप्ताको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा दिउसो १: ३० वजे ज्यान गएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।गुप्तालाई ठक्कर दिने टकका चालक भारतीय नागरिक ४० वर्षका अरविन्द यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : २०७८ जेठ १२ गते १८:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI