लुम्बिनी प्रदेश उपनिर्वाचन आज : दुई उम्मेदवार, २ सय ९६ मतदाता

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते ९:३४
लुम्बिनी प्रदेश उपनिर्वाचन आज : दुई उम्मेदवार, २ सय ९६ मतदाता

काठमाडौं । लुम्बिनी प्रदेशतर्फको रिक्त एक सदस्य छान्न हुने राष्ट्रिय सभा उपनिर्वाचनमा २ सय ९६ मतदाताले मात्रै मतदान गर्ने भएका छन् । निर्वाचन यही १७ जेठमा हुँदै छ ।

निर्वाचन आयोगले तयार गरेको अन्तिम मतदाता नामावलीअनुसार सो प्रदेशका ८७ प्रदेश सभा सदस्यमध्ये ७९ जनाले मात्रै मतदानमा सहभागी हुन पाउने छन् । अन्य आठ भने विभिन्न दलबाट कारबाहीमा परेकाले मतदानमा सहभागी हुन पाउने छैनन् । अन्तिम मतदाता नामावलीमा उनीहरूको नाम समावेश छैन ।

यसैगरी, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष गरी २ सय १७ मतदाताले उपनिर्वाचनमा मतदान गर्नेछन् । उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो । राजधानीन दैनिकमा खबर छ ।

प्रकाशित : २०७८ जेठ १५ गते ९:३४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI