जनताको अभिमत नै सर्वोपरी र निर्णायक, ताजा जनादेश एक मात्र विकल्प : प्रधानमन्त्री

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते ९:५०
जनताको अभिमत नै सर्वोपरी र निर्णायक, ताजा जनादेश एक मात्र विकल्प : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा जनताको अभिमत नै सर्वोपरी र निर्णयक भएको बताउनुभएको छ । १४ औं गणतन्त्र दिवसको अवसरमा सम्बाेधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे हाे । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले विकासलक्षित र जनमुखी कार्यक्रमहरु अघि सार्दा पनि सरकारका कामकारबाहीहरुमा बाधा उत्पन्न गराएर प्रतिनिधिसभा भंग गर्नुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

उहाँले जनादेशले नै जनताको अपेक्षालाई पुर्नरताजगी गर्ने र निर्वाचनपछि गठित सरकारलाई जनअपेक्षा अनुसारको काम गर्न उत्प्रेरित गर्ने हुनाले सोही अनुसार नै मध्यावधि निर्वाचनको घोषणा गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको र यससँगै आगामी मध्यावधि निर्वाचन पहिलो चरणको कात्तिक २६ गते र दोस्रो चरणको मंसिर ३ गने हुने पुनः दोहो-याउनुभयो ।

प्रकाशित : २०७८ जेठ १५ गते ९:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI