गैंडाको आक्रमणमा परी महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते १४:५७
गैंडाको आक्रमणमा परी  महिलाको मृत्यु

नवलपुर । चितवनमा गैंडाको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । शनिबार चितवनको कालिका नगरपालिका–१ चतुमुर्खी सामुदायिक वनमा घाँस काट्न तथा न्यूरो खोज्न गएकी अन्दाजी ५५ वर्षीया तेज कुमारी सुनुवारलाई गैंडाले आक्रमण गरी घाइते बनाएको थियो ।

गम्भीर घाइते सुनुवारको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेठ १५ गते १४:५७
Copyright © 21 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI