No ads found for this position

हुप्सेकोटका विपन्न समुदायलाई “फिड द हङ्री”को खाद्यान्न सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १५ गते १५:५३
No ads found for this position
हुप्सेकोटका विपन्न समुदायलाई “फिड द हङ्री”को खाद्यान्न  सहयोग
No ads found for this position

हुप्सेकोट । पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका विपन्न समुदायलाई फिड द हङ्री नामक संस्थाले खाद्यान्न बितरण गरेको छ ।

हुप्सेकोटका ३ वटा वडाका करिब १२५ घरधुरी बिपन्न परिवारलाई आज खाद्यान्न बितरण गरिएको हो । हुप्सेकोट १ को जुगेपानी र सुन्दरबस्ती क्षेत्रका बिपन्न तथा हुप्सेकोट ३ का गिरुवारी तथा बेलाहानी क्षेत्रका बिपन्न एबं हुप्सेकोट ०२ का कोलिया क्षेत्रका बिपन्न समुदायलाई १०० बोरा चामल,२०० किलो दाल र १०० किलो नुन बितरण गरिएको हो ।

गैंडाकोट स्थित सहमती संस्थाको विशेष समन्वयमा फिड द हङ्रीले खाद्यान्न बितरण गरेको बितरक संस्थाका प्रमुख प्रज्वल न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार नेपालमा भोकमरीको अन्त्यका लागि युवाहरुद्वारा फिड द हङ्री नामक संस्थाको स्थापना गरिएको हो । लकडाउन र निषेधाज्ञाको समय बढ्दै जादा मजदुरबर्ग तथा बिपन्न समुदाय खाध्यान्नको अभाबमा भोकै बस्न नपरोस भनेर देशका १२ जिल्लामा खाध्यान्न बितरणको कार्यक्रम संचालन गर्दै आएको न्यौपानेले बताए ।

खाध्यान्न बितरण कार्यक्रमलाई सम्बोधन गर्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डेले खाद्यान्न सहयोगका लागि सहजीकरण गर्ने सहमती संस्था र बितरक संस्था फिड द हङ्रीलाई धन्यवाद ज्ञापन गर्दै हुप्सेकोटका नागरिकको सुखदुःखमा आफू सधै सङ्गै रहने प्रतिबद्धता ब्यक्त गरिन ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल लगाएत जनप्रतिनिधिहरु,प्रमुख प्रशासकिय अधिकृत पवन अर्याल, सहमती संस्थाका अध्यक्ष अभियन्ता करुणा सागर सुबेदी,महासचिब नगेन्द्र प्रसाद रिजाल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २०७८ जेठ १५ गते १५:५३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI