भन्छन्– तमासा नगरौं, हात मिलाएर आ–आफ्नो बाटो लागौं

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १७ गते १४:००
भन्छन्– तमासा नगरौं, हात मिलाएर आ–आफ्नो बाटो लागौं

काठमाडौं, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीभित्र थप तमासा नदेखाउन नेताहरूलाई आग्रह गरेका छन् ।

वर्तमान समयले नयाँ ध्रुवीकरण खोजेको बताउँदै भट्टराईले हिजो आइतबार राति ट्विट गर्दै पार्टीभित्र तमासा नगरी बरु हात मिलाएर आ–आफ्नो बाटो लागौंं भन्ने अभिव्यक्ति दिएका छन् ।

जसपाभित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला उनको यस्तो भनाइ आएको हो । उनले मान्छे तानातान र किनबेचको तमासा नगरी हात मिलाएर आ–आफ्नो बाटो लाग्न उचित हुने ट्विटमा उल्लेख गरेका छन् ।

यस्तो छ, उनको ट्विट–

अहिलेको राजनीतिक संकट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दै छ । अतः मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ–आफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !

प्रकाशित : २०७८ जेठ १७ गते १४:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI