No ads found for this position

डा कोईरालाद्धारा त्रिवेणीमा स्वास्थ्य सामाग्री सहयोग

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ १९ गते १५:१२
No ads found for this position
डा कोईरालाद्धारा त्रिवेणीमा स्वास्थ्य सामाग्री सहयोग
No ads found for this position

त्रिवेणी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोईरालाले नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् ।

बुधबार त्रिवेणीको वडा कार्यालयमा आयोजित एक समारोहका बिच डा कोइरालाको तर्फबाट नेपाली काँग्रेस नवलपुरका नेता महेन्द्र प्रसाद पोखरेल र तरुणदलका जिल्ला अध्यक्ष सुर्य गुरुङ्गले सो सामाग्री हस्तान्तरण गरेका हुन् ।

कोभिड १९ को महामारीका बिच भारतिय सिमा संग जोडिएको विनयी त्रिवेणी गाउँपालिकाको २ वटा वडा कार्यालय मार्फत् त्रिवेणी स्वास्थ्य चौकी र वडा कार्यालयहरुलाई ति सामाग्री सहयोग गरिएको काँग्रेस नेता पोखरेलले बताए ।

सहयोग सामाग्री हस्तान्तरण समारोहमा विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष प्रितम बहादुर गुरुङ्ग , वडा नम्बर ७ का अध्यक्ष गोपाल बहादुर क्षेत्री , नवलपुर उद्योग वाणिज्य संघका जिल्ला कार्यसमिति सदस्य जगन्नाथ पराजुली , तरुण दलका वडा सभापति , स्वास्थ्य चौकीका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा वडा नम्बर ६ का अध्यक्ष प्रितम बहादुर गुरुङ्गले जिल्लामा धेरैको आँखामा नपर्ने र पिछडिएको त्रिवेणी क्षेत्रमा आएर स्वास्थ्य सामाग्री सहयोग गरेकोमा काँग्रेस महामन्त्री डा कोइराला र सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए । कोभिड १९ बिरुद्धको लडाँईमा आवश्यक पर्ने मास्क , स्यानीटाईजर , पिपिई , फेस सिल्ड लगायतको स्वास्थ्य सामाग्री सहयोग स्वरुप हस्तान्तरण गरिएको हो ।

नवलपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित विघटित प्रतिनिधि सभाका सदस्य समेत रहेका डा कोइरालाले व्यक्तीगत खर्चमा यस अघि सोमबार पनि जिल्लामा १३ लाख बराबरको स्वास्थ्य सामाग्री बिभिन्न अस्पताल र संघसस्थाहरुलाई सहयोग स्वरुप हस्तान्तरण गरेका थिए ।

प्रकाशित : २०७८ जेठ १९ गते १५:१२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI