No ads found for this position

शुक्र ग्रहमा नासाले दुइटा मिसन पठाउने

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २० गते ८:४९
No ads found for this position
शुक्र  ग्रहमा नासाले दुइटा मिसन पठाउने
No ads found for this position

एजेन्सी । सौर्यमण्डलको सबैभन्दा तातो ग्रह मानिएको शुक्र ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाले मिसन पठाउने भएको छ । यही दशकको अन्त्यसम्ममा शुक्रग्रहबारे जान्न नासाले दुइटा अन्तरिक्ष मिसन पठाउने योजना बनाइरहेको छ ।

पृथ्वीबाट नजिकै रहेको र सूर्यबाट दोस्रो नजिकको ग्रह शुक्र निकै तातो र आगोमय ग्रह हो । पृथ्वीको एकातिर मंगल ग्रह छ भने अर्कातिर शुक्र । मंगलमा धेरै मिसनहरु पठाइसके तापनि शुक्र ग्रहमै पुग्नेगरै अहिलेसम्म कुनै मिसन पठाइएको छैन । यसअघि नासाले नै शुक्र ग्रहनजिक म्याजेलन मिसन सन् १९९० मा पठाएको थियो । त्यसयता उक्त ग्रहको नजिक भएर अन्य यानहरूले यात्रा भने गरेका छन् ।

पृथ्वीबाट नजिकै भए पनि शुक्र ग्रह किन आगोको गोला बन्यो भनेर जान्नका लागि नासाले उक्त मिसन पठाउन लागेको हो । ती मिसनहरूले वैज्ञानिक समुदायलाई ३० वर्षदेखि यता पहिलोपटक शुक्र ग्रह अनुसन्धान गर्ने मौका दिने नासाका प्रशासक बिल नेल्सनले बताएका छन् ।

 

प्रशासक नेल्सनले यी दुई मिसनहरूका माध्यमबाट शुक्र ग्रह कसरी शिशा समेत पल्गनेगरी आगोको गोलाजस्तो तातो बन्न पुग्यो भन्नेबारे केही रहस्य खुल्ने बताएका छन् । वैज्ञानिकहरुका अनुसार शुक्रको सतहको तापक्रम ५०० डिग्री सेल्सियस रहेको छ ।

बिबिसीका अनुसार शुक्रग्रहको वातावरण तथा भौगोलिक विशेषताहरू परीक्षण गर्ने उद्देश्यका साथ नासाले दुईवटा मिसन त्यहाँ पठाउने घोषणा गरेको हो । ती मिसनहरू प्रत्येकका निम्ति ५० करोड डलर बजेट प्राप्त हुने समेत नासाले बताएको छ ।

प्रकाशित : २०७८ जेठ २० गते ८:४९
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI