No ads found for this position

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २० गते २३:४३
No ads found for this position
नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो
No ads found for this position

काठमाडौँ — विश्वकप छनोटमा नेपालले बिहीबार चिनियाँ ताइपेईलाई हराएको छ । बिहीबार कुवेतमा भएको खेलमा नेपालले चिनियाँ ताइपेईलाई २-० ले हराएको हो ।

कुवेतको जबर अल–अहमद अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको खेलमा नेपालका लागि अञ्जन विष्टले पेनाल्टीबाट चौथो मिनेटमा गोल गरेका हुन् । ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेनाल्टी प्राप्त गरेको हो र त्यसमा अञ्जनले सजिलै गोल गरे । अञ्जनको यो नेपालका लागि चौथो अन्तर्राष्ट्रिय गोल हो । त्यस्तै ८१औँ मिनेटमा नेपालका लागि दोस्रो गोल नवयुग श्रेष्ठले गरेका हुन् ।

एसियाली विश्वकप छनोटको समूह ‘बी’ का खेल तटस्थ भूमिका रूपमा कुवेतमा भएको हो । नेपालले ताइपेईविरुद्धको पहिलो लेगको छनोटमा २–० को जित निकालेको थियो । त्यसमा दुवै गोल अञ्जनले नै गरेका थिए ।

प्रकाशित : २०७८ जेठ २० गते २३:४३
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI