No ads found for this position

प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २१ गते १४:२२
No ads found for this position
प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट
No ads found for this position

काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् ।

कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् । किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रेमपत्र पठाएको आरोप

घटना बिहीबारकै भए पनि प्रहरीले अझै घटना बाहिर ल्याएको छैन । दुर्गाभगवती–५ का वडाध्यक्ष धर्मनाथ चौधरीले ती युवकले स्थानीय युवतीलाई प्रेमपत्र लेखेपछि घटना भएको आफूले सुनेको बताए ।

‘केटीलाई चिठीसिठी पठायो भन्ने कुरा सुन्नमा आएको छ, खास कुरा के हो मलाई पनि थाहा छैन’ उनले भने, ‘ब्यस्त भएकाले राम्रोसँग बुझ्न पाएको छैन ।’

कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि घटनाबारे जानकारी पाएको छ । वडाध्यक्ष चौधरीले घटनामा संलग्न दुबै पक्षलाई प्रहरीले बोलाएको छ । ‘म पनि जानुपर्ने थियो, वडाको अनि आफ्नै काम धेरै भएकोले त्यहाँ जान पाएको छैन’ उनले अनलाइनखबरसँग भने ।

घटनामा संलग्न फरार

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) शिद्धिविक्रम शाहले कुटपिटबारे उजुरी परेको तबताए । पीडित युवकको स्वास्थ्य जाँच गरिएको र घटनामा संलग्नहरु फरार रहेको एसपी शाहले बताए ।

‘घटनामा संलग्नको खोजी भइरहेको छ, अहिले अनुसन्धानकै क्रममा छौँ, साझसम्म केही आउँला’ एसपी शाहले भने । युवक दलित समुदायको भएकाले गाउँका गैरदलितहरुले कुटपिट गरेको स्थानीयको दावी छ ।-अनलाइन खबरबाट

प्रकाशित : २०७८ जेठ २१ गते १४:२२
No ads found for this position
Copyright © 23 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI