No ads found for this position

तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २१ गते २१:१०
No ads found for this position
तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ
No ads found for this position

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठन गरेका छन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना मन्त्री बनेका छन् । उनीहरूलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

जसपाको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षबाट ८ मन्त्री र दुई राज्यमन्त्री बनेका छन् । महतो उपप्रधानसहित सहरी विकास मन्त्री बनेका छन् । ओलीले मन्त्रीमण्डलमा मन्त्रीहरु विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ, वसन्त कुमार नेम्वाङ र लिलानाथ श्रेष्ठ दोहोरिएका छन् ।

विष्णु पौडले उपप्रधानमन्त्री बनेका छन् । त्यस्तै रघुवीर महासेठलाई पनि उपप्रधानमन्त्रको जिम्मेवारी दिइएको छ । यससँगै ओली नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्री भएका छन् । त्यस्तै पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन भने ओली स्वयम्ले राखेका छन् ।

जसपाको तर्फबाट शरत सिहं भण्डारी उर्जा, अनिल झा खानेपानी , बिमल श्रीवास्तव– श्रम, उमाशंकर अरगरिया वन, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला, एकबाल मियाँ युवार चन्द्रकान्त चौधरीले उर्जा राज्यमन्त्री र  रेणुका गुरुङले महिला राज्यमन्त्रीको सपथ लिएका हुन् ।

प्रकाशित : २०७८ जेठ २१ गते २१:१०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI