नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २२ गते २१:५३
नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा शनिबार  ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्को एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं। २९ घुमाउनेमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर १० रमाईलोचोक बस्ने ३५ वर्षिय बिनोद अधिकारी रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार भरतपुर २९ जुगेडी बस्ने बर्ष २७र२८ का मनोज थापा क्षेत्री गम्भीर घाईते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ५ ख ८१५५ नम्बरको  ट्रक र बिपरित दिशाबाट आई रहेको बा ४८ प ८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् । प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भईरहेको छ ।

प्रकाशित : २०७८ जेठ २२ गते २१:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI