No ads found for this position

यस कारण दुख्छ महिनावारी हुनुपूर्व स्तन

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २३ गते ९:०६
No ads found for this position
यस कारण दुख्छ महिनावारी हुनुपूर्व स्तन
No ads found for this position

प्रायः महिलामा महिनावारीको समयमा धेरै पिडा हुने गदृछ ।  महिनावारी हुँदा महिलाले रक्तश्रावका साथै अन्य पीडा पनि सहनुपर्ने हुन्छ । केही महिलामा महिनावारीपूर्व स्तन सुन्निने र दुखाईको समस्या हुने गर्दछ । थुप्रै महिलाले यतिबेला स्तनमा गाँठो जस्तो पनि महसुस गर्दछन् । हुन त स्तनमा कुनै पनि प्रकारको गाँठो देखिनु क्यान्सरको मुख्य लक्षण हो तर यस विषयमा यो क्यान्सरको लक्षण नभई कुनै अन्य कारणले हुने गर्दछ ।

 

साइक्लिकल मेस्टाल्जियाः

महिनावारीपूर्व स्तन सुन्निने र दुखाई हुने समस्यालाई मेडिकल भाषामा साइक्लिकल मेस्टाल्जिया भनिन्छ । यसमा महिनावारीपूर्व स्तनमा पीडा र गाँठोजस्तो महसुस हुन्छ र रक्तश्राव सुरु हुन थालेपछि यो समस्या आफैं समाधान पनि हुन्छ ।

धेरैजसो महिलाको महिनावारी साधारणतया २८ दिनको अन्तरालमा हुने गर्दछ र एक चक्रको अन्तरालमा नै शरिरमा थुप्रै प्रकारको हर्मोनल परिवर्तन हुने गर्दछ । महिनावारी हुने ठिक एक हप्ता पहिले शरिरमा प्रोजेस्टेरोनको स्तरमा वृद्धि हुने गर्दछ जसका कारण स्तन सुन्निने गर्दछ । त्यसरी नै मासिक धर्मको १४–२८ का बिच शरिरमा एस्ट्रोजनको स्तर वृद्धि हुने गर्दछ जसका कारण स्तनको आकार पनि बढ्न थाल्छ र पीडा महसुस हुन थाल्छ ।

पीडाबाट आराम पाउने तरिकाः

पीडाबाट आराम पाउनका लागि सबैभन्दा पहिले आफ्नो ब्रा परिवर्तन गर्नुहोस् । तपाईंले स्पोर्टस् ब्रा लगाउँदा राम्रो । यसले स्तनलाई पूर्ण सहारा प्रदान गर्दछ । यसका साथै, मदिरा, क्याफिनयुक्त खानेकुरा र नुनिलो खानेकुरा निकै कम खानुहोस् । किनभने यसले पीडालाई बढाउने गर्दछ । नुनका कारण शरिरमा फ्लूइड रिटेन्शन बढ्ने गर्दछ जसका कारण पीडा थप बढ्न सक्छ । यसबाट बच्नका लागि आफ्नो खानामा बदाम, पालुङ्गो, केरा, गाजर, ब्राउन राइसलाई अत्यधिक मात्रामा समावेश गर्नुहोस् ।

स्तनमा पीडा हुने अन्य कारणः

स्तनमा पीडा हुनु सधैं स्तन क्यान्सरको लक्षण होइन । महिनावारी रोकिँदा वा गर्भवती, महिनावारी हुँदा पनि स्तन दुख्ने गर्दछ । गर्भवती हुँदा यो पीडा निकै बढ्ने गर्दछ ।

प्रकाशित : २०७८ जेठ २३ गते ९:०६
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI