हेर्नुस् तपाईंको आजको राशिफल

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते ६:३९
हेर्नुस् तपाईंको आजको राशिफल

विसं २०७८ साल जेठ २४ गते सोमबार । इस्वी सन् २०२१ जुन ०७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– द्वादशी, ११ घडी २७ पला,  बिहान ०९ बजेर ४४ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–भरुणी, अहोरात्र । योग–शोभन, ०३ घडी ०४ पला,  बिहान ०६ बजेर २३ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल,  बिहान ०९ बजेर ४४ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–चर योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी २६ पला । सोमप्रदोषव्रतम् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
पढाइलेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । सामाजिक क्षेत्रमा तपाईंले गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरूको प्रयोग गर्न पाइने तथा सानो प्रयत्नले भौतिक वस्तुहरू लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा वैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने जीवन साथीको सहयोग हर क्षेत्रमा रहने योग छ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो)
स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छी गर्ने बानीले कामहरू बिग्रन सक्छ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)
आर्थिक व्यावस्थापन तथा रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला, सही तरिकाले बाँडफाट गर्न नसक्दा काम थाँती रहनेछन् । पैत्रिक धन तथा सम्पत्तिमा विवाद आउने योग रहेको छ भने दाजुभाइसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइलेखाइमा मन नजाने हुनाले नतिजा अरूकै पोल्टोमा जानेछ । मायाप्रेमका कोपिलाहरू फक्रन नपाउने हुनाले मन दुःखी हुनेछ । अरूकै पछि लागेर हिँड्नाले उपलब्धि नहुने तथा आफ्ना काम थाँती रहनेछन् ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
सम्मानित काम सम्पादन गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य वस्तु, औषधि तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाजसेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ । मान सम्मान तथा इज्जत प्रतिष्ठामा दाग लाग्नसक्छ, ख्याल गर्नुहोला । नीति निर्माण तहमा तपाईंको सहभागिताले महत्त्वपूर्ण भूमिका खेल्ने भए पनि आफ्नै साथीबाट आलोचना खप्नु पर्नेछ  ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइलेखाइमा मन नजाने हुनाले अरूभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्य क्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
मायाप्रेम तथा पतिपत्नीबीचको सम्बन्धमा विश्वासको वातावरण मजबुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । विद्या तथा प्रतिस्पर्धामा अरूलाई पछिपारी आफू अगाडि बढ्ने समय रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगमार्फत आफ्ना भनाइ वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु)
न्यालयबाट हुने व्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनाले खुसीले उचाइ नाघ्नेछ । पढाइलेखाइमा नसोचेको सफलता हात लाग्नेछ । आफन्त तथा मावली पक्षबाट भनेजस्तो सहयोग पाइने हुँदा आँट तथा पराक्रम बढेर जानेछ । पुराना समस्या सल्ट्याउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने तथा उपाहार प्राप्तिको गतिलो योग रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
व्यापार व्यावसायमा सन्तोषजनक फाइदा हुनेछ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन अलि बढी नै सङ्घर्ष गर्नुपर्नेछ । मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउनेछ । सन्तान तथा छोराछोरीबाट तपाईंको काममा सहयोग हुने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्यसम्बन्धी समस्या आउने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी)
पहिलेका कमीकमजोरीहरूलाई सुधार्ने अवसर आउनेछ । ठूला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नका लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको छ । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । व्यापार व्यावसायमा समय दिए पनि खासै उपलब्धि हासिल हुने छैन भने घर जग्गाको कारोबारबाट केही मात्रामा लाभ लिन सकिनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
मुद्दा मामिला तथा अदालतबाट हुने फैसला तपाईंकै पक्षमा आउनेछन् भने प्रतिस्पर्धीलार्ई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । विद्यार्थी वर्गहरूले पढाइमा मिहिनेत गरी राम्रो नतिजा ल्याउन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय तपाईं आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुसन्धानमा दिएको समय त्यसै खेर जान सक्छ, ध्यान दिनुहोला । माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यसम्बन्धी समस्या आउनेछ ।

तपाईंको दिन शुभ रहोस् ।
युवा ज्योतिषी डीपी भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।

प्रकाशित : २०७८ जेठ २४ गते ६:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI