नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते २०:५१
नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने

कावासोती । नवलपुरमा ६२ देखि ६४ वर्ष उमेर समुहलाई जेठ २५ देखि ३० सम्म भेरोसिल खोप लगाईने भएको छ ।

जिल्लाका आठ वटै पालिकाहरुमा पालिकाको स्वास्थ्य शाखाले पाएक पर्ने स्थानहरुमा खोप केन्द्र तोकेर खोप लगाईने व्यवस्था गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।

यस अघि जिल्लामा १७३५२ जनालाई कोभिड शिल्डको खोप दिईएकोमा यस पटक ५०१० जनालाई भेरोसिलको खोप लगाईने चापागाईंले बताए । भेरोसिलको खोप लगाएको ४ हप्ता पछि फेरि दोस्रो डोज लगाईने पनि चापागाईंले जानकारी दिए ।

जिल्लाको गैंडाकोटमा ९६०, देवचुलीमा ६९०, कावासोतीमा १०१०, मध्यविन्दुमा ८७५, हुप्सेकोटमा ४००, विनयी त्रिवेणिमा ५२०, हुप्सेकोटमा ४००, बौदिकालिमा २५० र बुलिङ्गटारमा ३०५ डोज भेरोसिल खोप उपलब्ध हुने चापागाईंले बताए ।

जिल्लाबाट १४००० डोज खोप माग गरेर पठाईए पनि ५०१० डोज मात्रै खोप आएको चापागाईंले जानकारी दिए।

चापागाईंका अनुसार भेरोसिल खोप ६२-६४ वर्ष उमेर समूह र हाल सम्म कुनै पनि प्रकारका कोभिड विरुद्धको खोप नलाएका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई लगाईने छ ।

 

प्रकाशित : २०७८ जेठ २४ गते २०:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI