No ads found for this position

नेपाल जोर्डनसँग पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २४ गते २३:५२
No ads found for this position
नेपाल जोर्डनसँग पराजित
No ads found for this position

काठमाडौं । सन् २०२२ को विश्वकप छनोट र एसिया कप २०२३ को अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो । जावेर अल आहमद स्टेडियममा भएको खेलमा जोर्डनलाई जित दिलाउन बाहा फेजलले दुई गोल गरे । त्यस्तै एजान अल अरबले एक गोल गरे ।
खेलमा पहिलो हाफमा १–० गोलले पछि भएको नेपालले दोस्रो हाफमा दुई गोल खाएको थियो ।

जोर्डनका लागि खेलको २४ औं मिनेटमा बाहा फेजलले पेनाल्टीमार्फत गोल गर्दै जोर्डानलाई अग्रता दिलएका थिए । ४९ मा फेजलले गोल गर्दै जोर्डनको अग्रता दोब्बर बनाए । खेलको ६७ औँ मिनेटमा अल अरबले गोल गर्दै टिमलाई ३–० गोलको जित दिलाएका थिए । नेपाल पहिलो लेगमा पनि ३–० गोलले पराजित भएको थियो ।

जितसँगै जोर्डानले समूह ‘बी’को दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । लिगमा ६ खेल खेलेको जोर्डानले १३ अंक जोडेको छ ।

शीर्ष स्थानको अष्ट्रेलियाको ५ खेलबाट १५ अंक छ ।

प्रकाशित : २०७८ जेठ २४ गते २३:५२
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI