अध्यादेश आए पनि नागरिकताको आश मारिसकेका अनागरिकको यस्तो छ पीडा

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २७ गते ७:२१
अध्यादेश आए पनि नागरिकताको आश मारिसकेका अनागरिकको यस्तो छ पीडा

धनुषाका इन्द्रजित शाफीले इन्जिनियरिङ पढाइ सिध्याएका छन् । पढाइ अनुसारको पेशामा जानका लागि उनलाई नागरिकताको प्रमाणपत्रले रोकेको छ ।

महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा शाफीले आफ्नो बुवाको जन्मसिद्ध नागरिकता रहे पनि ५ छोराहरूले नागरिकता नपाएका कारण तनावमा रहेको सुनाए ।

सबैजना विद्यार्थी भएका कारण नागरिकताका कारण समस्या भोगिरहेको बताउँदै शाफीले नागरिकता नभएकै कारण केही ठाउँमा जागिरबाट निकालिएको बताए ।

कक्षा १२ सम्म नागरिकता नखोजेकाले नेपालमै पढेको र स्नातक पढ्नका लागि भारत पुग्नुपरेको उनले बताए । पढाइका लागि लिएको ५ लाख रुपैयाँ ऋण अहिले १५ लाख पुगेको बताउँदै नागरिकताका नभएका कारण जागिर खाएर तिर्नसमेत नपाउँदा मानसिक समस्या भोग्नुपरेको बताए ।

प्रकाशित : २०७८ जेठ २७ गते ७:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI