काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षा खटिएको सैनिक टोलीले गैंडा सुटर सोम गुरुङलाई पक्राउ गरेको छ । वास्तविक नाम खड्ग गुरुङ भएका सोम गुरुङलाई नवलपुरको गैंडाकोट नगरपालिका–३ बाट पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
जेठ २५ मा चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ खड्गदल गण र निकुञ्ज प्रशासनको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । गैडाकोट नगरपालिका–३ स्थित डढेली घर भएका उनलाई सेनाले चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ
त्यस्तै, नेपाली सेनाले बँदेल मारेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्ग स्थित शुक्लाफाँटा नगरपालिका–११ बनरा जङ्गल हुँदै महेन्द्रनगरतर्फ जाँदै गरेको टिपरमा मृत बँदेल लिएर हिँडेका ३ जनालाई सैनिक टोलीले पक्राउ गरेको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खटिएको देवीदल गण सुरक्षा गुल्मको टोलीले बँदेल सहित उनीहरुलाई निकुञ्ज प्रशासनमा बुझाएको छ । ना.१.क ५७७२ नम्बरको टिपरमा सवार ३ जनालाई ३५ केजी तौलको मृत बँदेलसहित पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रकाशित : २०७८ जेठ २७ गते १६:३५
No ads found for this position
Facebook Comment