योगीले मागेर बांडे विपन्नलाई राहात

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २७ गते १८:३५
योगीले मागेर बांडे विपन्नलाई राहात

नारायण शर्मा/पूर्वी नवलपरासी
यहाका एक योगीले दाताहरुसंग मागेर बिपन्न परिवारलाई राहात बांडेका छन ।

पूर्वी नवलपरासीको त्रिवेणी स्थित गजेन्द्रमोक्ष धामका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नचार्यले आफना दाताहरुसंग मागेर ६५ हजार मुल्य बराबरको खाद्यान्न सामाग्री बितरण गरेका हुन ।

बिनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ का अति बिपन्न ३० घर परिवारलाई बिहिवार चामल, तेल, नून, चिनि, आलु र साबुन लगायका सामाग्री बितरण गरिएको हो ।
कोरोनाले घर बाहिर निस्केर श्रम गर्न समेत नपाएर सांझ बिहानको छाकटार्न धौधौ परेका सुकुम्वासी परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरिएको स्वामी कृष्ण प्रपन्नचार्यले टेलिफोनमा जानकारी दिए । त्रिवेणी स्थित गजेन्द्रमोक्ष नारायण भगवानको प्रांगणमा बोलाएर अति बिपन्न परिवारलाई सहयोग गरिएको हो ।

बिभिन्न ३४ जना दातावाट संकलन भएको ६५ हजार मुल्य बराबरको खाद्यान्न बितरण गरिएको हो । आश्रममा रहेको श्रीमुक्तिनाथ पीठ वेद बिद्याश्रमका बिद्यार्थीहरुले मन्दिर परिसरमा ३ , ३ मिटरको दुरीमा खाद्यान्न सामाग्री राखेर बिहिवार बिपन्नलाई दिएका हुन ।

दाताहरुको चन्दा सहयोगवाट संचालित बिद्यापिठले मागेरै बिपन्न लाई राहात बांडेको हो ।

 

प्रकाशित : २०७८ जेठ २७ गते १८:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI