No ads found for this position

क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा दुई जनाको मृत्यू, दुई घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते ११:५०
No ads found for this position
क्रेनले ३३ केभीको विद्युत लाइन छुँदा दुई जनाको मृत्यू, दुई घाइते
No ads found for this position

सोलुखुम्बु । सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले ३३ केभीको विद्युत लाईन छुँदा करेण्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले शुक्रबार विहान साढे ८ बजे ३३ केभिए प्रसारण लाईनमा छुँदा सवार चारजना युवा मध्ये घटनास्थलमै दुई जनाको मुत्यू भएको हो भने अन्य दुई जना घाईते भएका छन् ।
मृत्यु हुनेमा लोबेड गाडी चालक बाग्लुङका २६ बर्षिय भुमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ बर्षिय राम परियार रहेका छन् ।
ग. १ ज. ५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएको र घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिनुभयो ।
विगत केही वर्षयता निर्माणधीन अवरुथामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दुधककोशी जलविद्युत आयोजनाको क्रेन मर्मत सम्भारका लागि लोबेड गाडीमा पोखरा लैजाने क्रममा हाईटेन्सन लाईनमा छुँदा दुर्घटना भएको हो ।
करेन्टका कारण गाडीमा आगो लागेको प्रहरीले जनाएको छ । हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छुन पुग्दा घटना भएको हो ।

प्रकाशित : २०७८ जेठ २८ गते ११:५०
No ads found for this position
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI